१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

आइसिसी टी-२० विश्वकपमा आयरल्यान्डविरुद्ध क्यानडा १२ रनले विजयी

आईसीसी टी-२० विश्वकपमा क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ। यसअघि पहिलो खेलमा आयरल्याण्ड भारतसँग पराजित भएको थियो। न्यूयोर्कमा क्यानडाले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले ७ विकेट गुमाएर १२५ रनमात्रै बनाउन सक्यो।

अन्तिम ओभरमा आयरल्याण्डलाई जितका लागि १७ रन आवश्यक रहेकोमा ४ रन मात्रै जोड्न सक्यो। क्यानडाविरूद्धको  खेलमा पनि ओपनर तथा कप्तान पउल स्टर्लिङ ९ रनमै आउट हुन पुगे। अर्का ओपनर एन्डी बलबिरिन १७ रन बनाएर आउट भएका थिए।

त्यस्तै,लोर्कन टकर १० रनमा, ह्यारी टेक्टर ७ रनमा, कर्टिस क्याम्पर ४ रनमा र ग्यारेथ डेलानी ३ रनमा आउट भएका थिए। मार्क अडेरले बनाएको ३४ रन आयरल्याण्डका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यस्तै,जर्ज डकरेल ३० रन बनाएर नट आउट रहे। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङतर्फ क्यानडाका  जेरेमी गोर्डन र डाइलन हेलिंगरले २र२ तथा जुनेद सिद्धिकी र साद बिन जाफरले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो।

त्यस क्रममा निकोलश किर्टनले सर्वाधिक ४९ रन बनाए। उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। श्रेयास मोब्बाले ३६ बलमा ३ चौका प्रहार गरी ३७ रन जोडे। परगत सिंहले १८ र ओपनर आरोन जोनसनले १४ रनको योगदान गर्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ आयरल्याण्डका क्रेग योङ र बेरी मिककार्थीले २/२ तथा मार्क अडेर र ग्यारेथ डेलानीले १/१ विकेट लिए। क्यानडाले बाँकी दुई खेल पाकिस्तान र भारतसँग खेल्नेछ। आयरल्याण्डले अर्को दुई खेल अमेरिका र पाकिस्तानसँग खेल्नेछ।

लगातार दोस्रो हार बेहोरेको आयरल्यान्ड तालिकाको पुछारमा छ। यसअघि पहिलो खेलमा आयरल्यान्ड भारतसँग आठ विकेटले पराजित भएकाे थियो।

प्रकाशित: २६ जेष्ठ २०८१ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App