२ असार २०८१ आइतबार
image/svg+xml
खेल

फाइनलमा स्थान बनाउन राजस्थान र हैदरावाद भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्न आजको क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

राजस्थान र हैदरावादबीचको खेल चेन्नईको चेपकस्थित एमए चिदम्बरम् स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा विजेता हुने टिमले फाइनलमा कोलकोत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकोत्तासँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो। र, उसले फाइनलमा पुग्ने अर्को मौका पाएको छ भने राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैङ्गलुरुलाई पराजित गर्दै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

आजको खेलमा जित निकाल्न दुबै टोलीका लागि सहज भने हुने छैन। आजको खेलमा राजस्थानका यशस्वी जयसवाल, अवेज खान, कप्तान सञ्जु सैमसन र रियान परागमाथि विशेष नजर रहने छ भने हैदरावादका ट्रेविस हेड, टी नारायणन्, कप्तान प्याट कमिन्स र अभिशेक शर्मामाथि विशेष नजर रहने छ।

आईपीएलको फाइनल आइतवार हुनेछ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App