१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

राजस्थानमाथि पञ्जाबको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स लगातार चौथो खेलमा पराजित भएको छ।

गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सले राजस्थानलाई  ५ विकेटले हराउँदै जित हात पारेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। यता १४५ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाबले ७ बल बाँकी छँदै जम्मा ५ विकेटको क्षतिमा जित हासिल गर्‍यो।

पञ्जाबको जितका लागि स्याम कुरानले नट आउट रहँदै सर्वाधिक ६२ रनको पारी खेले भने जितेश शर्मा र रिली रोस्वोले समान २२/२२ रन जोडे।

राजस्थानको जितका लागि रियान पराग बाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन्। राजस्थानलाई कम रनमै समेट्न पञ्जाबका स्याम कुरान, हर्षल पटेल र राहुल चाहररले समान २/२ विकेट हात पारे भने अर्षदीप सिंह र नाथन इल्सले समान १/÷१ विकेट हात पारे।

प्ले अफबाट बाहिरी सकेको पञ्जाबले समूह चरणको खेलमा राजस्थानलाई नराम्रोसँग हार चखाएको हो।

यता पराजित राजस्थान भने एक खेल अगावै प्ले अफमा पुगिसकेको छ। राजस्थान प्ले अफमा पुग्ने दोस्रो टोली हो।

प्रकाशित: ३ जेष्ठ २०८१ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App