२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियान र सञ्जुको पारी काम लागेन, राजस्थानको पहिलो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पहिलोपटक पराजित भएको छ। गयराति सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।

सवाई मानसिंह स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको राजस्थानले निर्धारित ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा १९६ रन बनायो। १९७ रनको लक्ष्यसहित मैदान उत्रेको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्यो।

गुजरातलाई जित दिलाउन कप्तान शुभमन गिलले सर्वाधिक ७२ रनको योगदान गरे भने साई सुदर्शनले ३५ रन जोडे।  

राजस्थानका लागि कुलदिप सेनले सर्वाधिक ३ विकेट लिँदा युजवेन्द्र चहलले २ र अवेश खानले १ विकेट लिए।

उता हालसम्म सिजनमा पराजित नभएको राजस्थानका लागि रियान परागले ७६ रनको पारी खेल्दा नट आउट रहँदै कप्तान सञ्जु सैमसनले ६८ रन जोडे। तर, दुबैको योगदान भने राजस्थानको जितका लागि काम लागेन।

जारी सिजनमा राजस्थानको यो पहिलो हार हो। खेलमा पराजित भएपनि राजस्थान शिर्ष स्थानमा कायमै छ भने जित हासिल गरेको गुजरात छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: २९ चैत्र २०८० ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App