२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

माधव नेपाल र प्रभु साहको क्षेत्रमा बालेनको रोड सो

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पनि रोड सो गरेका छन् । नेकपाका सहसंयोजक नेपालसँग चुनावी मैदानमा रास्वपाका राजेश चौधरी प्रतिस्पर्धामा छन् ।

गरुडा बजारबाट बारा जिल्ला तिर जाने क्रममा नेता बालेन जयनगरदेखि दिपही बजारसम्म नेपालको चुनावी क्षेत्रमा रोड सो गर्दै आमजनता पार्टीका अध्यक्ष प्रभु साहको क्षेत्र पुगेका हुन् ।  

आजपा नेता साहको गृहनगर मौलापुर हुँदै रास्वपाका नेता साह बारा जिल्लातर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

आजपा नेता प्रभु साहसँग रास्वपाका धिरज पटेल प्रतिस्पर्धामा छन् ।

प्रकाशित: २८ माघ २०८२ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App