१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

दुई खेलाडीको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको  छ।

नेपालले पहिलो इनिङ खेल्दै २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १८१ रन बनाएको हो। यो खेलमा नेपालका दुवै ओपनरले अर्धसत्तक बनाए।

टस हारेर पहिला ब्याटिङ निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले ४४ बलमा ६७ रन बनाएर आउट भए। यस्तै आसिफले अर्धसत्तक बनाए।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो

प्रकाशित: २१ चैत्र २०८० १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App