१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिम र भारतको गुजरातबीच आइतबार भएकाे खेलमा नेपालका ब्याट्सम्यान रोहित पौडेलले २५ बलमा २९ रन र अनिल साहाले ३५ बलमा ३२ रन बनाए। यसैगरी कुशल भुर्तेलले १५ बलमा १७ रन र आशिफ सेख १५ बलमा १६ रन बनाए।

नेपालले १५.२ ओभरको समाप्तीमा ८ विकेटले खेल जितेको हो। गुजरातका बलर हेमाङ पटेल र तेजस पटेलले समान एक/एक विकेट लिए।

पहिलो इनिङमा गुजरातले खेल जित्नका लागि नेपाललाई ९९ रनको लक्ष्य दिएको छ। आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए।

गुजरातले १८.२ ओभरको खेलमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। गुजरातका लागि रुद्ध पटेलले सर्वाधिक २२ बलमा २३ रन बनाए। हेमंग पटेलले २३ रनमा २० रनको योगदान दिए। बाँकी बलरले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए। करन केसीले ३ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए।

प्रकाशित: १८ चैत्र २०८० १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App