११ वैशाख २०८२ बिहीबार
image/svg+xml १६:३४ अपराह्न
खेल

त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपाल आज गुजरातसँग खेल्दै

भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ।

साई मेघपन स्पोर्ट्स्लाइफ ग्राउन्ड गुजरातमा हुने नेपाल र गुजरातबीचको खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

भारतसँगको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।

नेपालले त्यहाँ रहँदा गुजरातका साथै बरोडासँग पनि खेल्ने छ।

गुजरात क्रिकेट एशोसिएसनको आयोजनामा हुन लागेको खेल राउन्ड रोविनको आधारमा खेलाइने सिरिजमा नेपालले ४ खेल खेल्ने छ। चैत २० मा दोस्रो खेल बरोडासँग खेल्ने नेपालले २१ चैतमा फेरि गुजरात र २३ चैतमा बरोडासँग खेल्ने छ।

सिरिजको फाइनल खेल चैत्र २५ मा हुनेछ।

प्रकाशित: १८ चैत्र २०८० ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App