१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार तेस्रो सफलता

टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले लगातार तेस्रो सफलता हात पारेको छ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले लगातार दोस्रो र तेस्रो सफलता हात पारेको हो।

नेपालका सागर ढकाल र आरिफ शेखले दोस्रो र तेस्रो सफलता दिलाएका हुन्।

ढकालको बलमा आयरल्यान्ड वुल्भ्सका केड कार्मिचेल र आरिफको बलमा पिटर मोर आउट भएका छन्। यसअघि नेपालका कमल सिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका थिए।

हालसम्मको अवस्थामा आयरल्यान्ड वुल्भ्स १२ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १२६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १६ चैत्र २०८० १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App