१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कोशीप्रदेशले गर्‍यो पदक विजेता खेलाडीलाई सम्मान

विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।

धनकुटामा रहेको मुख्यमन्त्री सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नगदसहित सम्मान गरेका हुन्।

साउदी अरेबियामा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडी सविता राना मगर, अमिसा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिषा बस्नेत, प्रीति राई, अञ्जिला तुम्बाफो र प्रशिक्षक श्याम मानन्धरले जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे।

मलेसियामा सम्पन्न आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङले ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरिन्।

त्यसैगरी, चीनमा सम्पन्न १९औं एसियाली गेम्समा महिला कबड्डीमा कास्य पदक विजेता खेलाडी क्याप्टेन मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई र मुख्य प्रशिक्षक पार्वती राईले जनही २-२ लाख रुपैयाँसहित सम्मानपत्र पाए। १९औं एसियाली खेलकुदमा रजत पदक दिलाएका कराते प्रशिक्षक कुशल श्रेष्ठलाई  २ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेट प्रबन्ध गरेको बताए। उनले खेल कक्षा कोठा बाहिरको सिकाइका साथै रोजगारीको स्रोत भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र पदक दिलाउने प्रशिक्षकलाई सम्मान गर्ने कार्य योजना बनाएको बताएका छन्।

प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादनका लागि आएको अवस्थामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता मुख्यमन्त्री कार्की व्यक्त गरे।

प्रकाशित: १४ चैत्र २०८० ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App