२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आरबिबी एनभिए भलिबल च्याम्पियनसिप: एभरेस्ट र पुलिसबीच उपाधि प्रतिस्पर्धा

अरूणा शाही कप्तान रहेको एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लबले आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

च्याम्पियनसिपको महिलातर्फ बिहीबार सेमिफाइनलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै एभरेस्ट र पुलिसले उपाधि भिडन्त तय गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एभरेस्टले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई २५–२०, २५–१२, २५–१८ ले सहजै हरायो। एभरेस्टको जितमा भारतीय खेलाडी केपी अनुश्री प्लेयर अफ द म्याच घोषित भइन्। पुलिसले भने अर्को विभायीय टोली एपिएफमाथि ३–१ कोरोमाञ्चक जित निकाल्यो। पहिलो दुई सेट पुलिसले क्रमशः २७–२५, २५–२२ ले आफ्नो बनाउँदै जित नजिक पुग्यो।

तर, तेस्रो सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। यो सेटमा एपिएफले ३०–२८ ले विजय प्राप्त गर्दै पुनरागमन संकेत गर्‍यो। तर, चौथो सेटमा भने एपिएफले लय जारी राख्न सकेन। यो सेट पुलिसले २५–१७ ले सहजै आफ्नो बनाउँदै उपाधि भिडन्त पक्का गर्‍यो। पुरुषतर्फ पनि बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तिम चारको यात्रा तय गरेसँगै पुरुषमा सेमिफाइनल समीकरण पूरा भएको हो। राखेप कभर्डहलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

सेमिफाइनलमा साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकी प्रदेश र आर्मीले नेपाल पुलिसको चुनौती सामना गर्नेछन्। सुदूरपश्चिमले बिहीबार चौथो तथा अन्तिम क्वार्टरफाइनलमा विभागीय टोली आर्मीलाई चुनौती दियो। तर, आर्मीले सुदूरपश्चिमको लक्ष्य पूरा हुन दिएनर सेमिफाइनल यात्रा तय गर्‍यो। आर्मीले पहिलो सेट २५–१९ ले सहजै आफ्नो बनायो। तर, दोस्रो सेट सुदूरपश्चिमले २५–२२ ले आफ्नो बनायोर पुनरागमन संकेत गर्‍यो। यद्यपि, आर्मी त्यसपछिका सेटमा हाबी भयो।

आर्मी तेस्रोर चौथो सेटमा क्रमशः २५–२३र २५–१७ ले विजयी भयोर सुदूरपश्चिमको यात्रा क्वार्टरफाइनलमा नै सीमित बन्यो। आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए। त्यसअघि बिहीबार नै पुलिसले पनि कोसी प्रदेशलाई सोझो सटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। पुलिसले कोसीलाई २५–१३, २५–१६र २५–१३ ले हरायो। पुलिसका पहल गहतराज म्यान अफ द म्याच चयन भए। नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रूपैयाँ पुरस्कार स्वरूप पाउनेछन्।

प्रकाशित: ९ चैत्र २०८० ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App