१० असार २०८१ सोमबार
image/svg+xml
खेल

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि सानदार जित हात पारेको छ। टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।

हङकङमा जारी सिरिज अन्तर्गतको खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९८ रन बनायो।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए भने सन्दीप जोराले ५६ रनको योगदान गरे।

विनोद भण्डारीले २७ रन बनाउँदा विवेक यादवले १९, गुलशन झाले १५ र लोकेश बलमे १४ रन जोडे। कप्तान रोहित पौडेल १ रनमै आउट भए भने आरिफ शेख ४ रनमा आउट भए।

पपुवा न्युगिनीका लागि अशद वालाले २ विकेट लिदा नोसेन पोकाना, जोन कारिको र  नोरमन भनुवाले समान १/१ विकेट लिए।

यता १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो।

पपुवा न्युगिनीलाई रनमै समेट्न नेपालका कुशल भुर्तेलले जम्मा १२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने प्रतिश जिसीले ४० रन खर्चेर २ विकेट लिए। यस्तै गुलशन झा र आकाश चन्दले समान एक एक विकेट लिए।

प्रकाशित: २९ फाल्गुन २०८० १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App