२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सुदूरपश्चिम र आर्मीलाई सफलता

सुदूरपश्चिमका नारायण जोशी म्यान अफ दी म्याच पुरस्कार ग्रहण गर्दै। तस्बिर : नागरिक

कोसी प्रदेश राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबले सफलता हात पारेका छन्।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली पुलिस क्लबलाई सुदूरपश्चिमले ५२ रनमा पराजित गरेको हो। पराजयसँग पुलिसका शंकर रानाले बनाएको व्यक्तिगत ९१ रन खेर गयो।

टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै १८३ रन बनायो। ओपनर अभिषेक पालले ५८, किरण ठगुन्नाले ३० र प्लेयर अफ दी म्याच नारायण जोशीले ४० रनको योगदान गरे। पुलिसका शरद भेषावकरले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए।

पुलिसको टोली ६ विकेट गुमाउँदै १३१ रनमै समेटियो। शंकर रानाले ९१ र अभिषेक कार्कीले २० रन मात्रै बनाए। सुदूरपश्चिमका शेर मल्ल र दीपक चन्दले समान २-२ विकेट लिए।

सुदूरपश्चिमले २ खेलमा जित निकाल्दै ४ अंक बनाएको छ। गण्डकीलाई पहिलो खेलमा हराएको सुदूरपश्चिम दोस्रो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। त्यसैगरी, अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो। प्लेयर अफ दी म्याच वसिर अहमदले ४२, सन्दीप रजालीले ४१ र सन्तोष कार्कीले ३४ रनको योगदान गरे। कर्णलीका प्रकाश जैसीले २ विकेट लिए। १४१ रनको लक्ष्य पछ्याएको कर्णाली ६ विकेट गुमाउँदै १३२ रनमै समेटियो। दीपेन्द्र रावतले ४७, रवीन्द्र शाहीले २२ र विपिन रावतले १८ रन बनाए। आर्मीका नीतेश पटेलले २ विकेट लिए। 

शनिबारको पहिलो खेल  

कर्णाली र सशस्त्र प्रहरी बलको एपिएफबीच हुँदा दोस्रो खेल बाग्मती र लुम्बिनीबीच हुनेछ।

प्रकाशित: २६ फाल्गुन २०८० ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App