१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त

आईओएफटिसीको संयोजकमा नियुक्त अमुल गोर्खाली (बीचमा)।

दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन्। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने प्रतियोगिताको १४औं संस्करण हुन लागेको हो। कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदै छ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्ड मास्टर दिवाकर महर्जनले बुधबार गोर्खाली आईओएफटिसीको बोर्ड सदस्यमा नियुक्त भएको र त्यसपछि उनलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए। आईओएफटिसीका महासचिव केरेन ब्लाकलेजले गोर्खालीलाई बोर्ड सदस्य र प्रतियोगिता संयोजकको नियुक्तिपत्र प्रदान गरिन्।

सो अवसरमा महासचिव ब्लाकलेजले गोर्खाली युवाहरुको संलग्नताले आईओएफटिसी च्याम्पियन्सिप अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्। महासचिव ब्लाकलेजका अनुसार गोर्खालीकै संयोजकत्वमा सन् २०२२ मा मिसिगनमा भएको १३औं आइओएफटिसी च्याम्पियन्सिपमा सफलतापूर्वक सम्पन्न भएकाले पनि उनलाई सोलमा हुने आइओएफटिसी च्याम्पियन्सिपका लागि विश्वास गरिएको हो। गोरर्खाली एभरेस्ट तेक्वान्दो मिचिगनका निर्देशक पनि हुन्।

आईओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अन्य मुलुकमा गर्दै आएको छ, जसअनुसार आईओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ।

योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार ग्र’पको सहआयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने बताइएको छ। ग्योरोगीमा पुरुष÷महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस ठकुरीले जनाएका छन्। पुम्सेको पुरुष÷महिलामा समान २–२ गरी ४ एकल स्पर्धामा खेल हुने छ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिता पेप्सीकोलास्थित आयोजकको हलमा हुने छ।

प्रकाशित: २३ फाल्गुन २०८० १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App