१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एनएनआइपिए स्पोटर्स अवार्ड चैत १२ गते

एनएनआइपिए स्पोटर्स अवार्ड चैत १२ गते हुने भएको छ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सम्बन्धित खेल संघको सिफारिसका आधार यो अवार्ड आयोजना गर्दै आएको छ। गत नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेलका खेलाडीलाई खेलाडी संघले ‘वर्ष उत्कृष्ट खेलाडी’ बाट सम्मान गर्दै छ। ३६ खेलका उत्कृष्ट खेलाडीमध्येबाट समान एक पुरुष र महिला सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित हुनेछन्। खेलाडी संघले समान एक पुरुष र महिला प्रतिभाशाली खेलाडीलाई पनि सम्मानित गर्दै प्रोत्साहन गर्दै आएको छ।

अवार्डमा एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार, एक जना पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान र एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने भएको छ।

विगतका केही वर्षदेखि काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरमा यो अवार्ड हुँदै आएका थिए। यस पटक ललितपुरमा अवार्ड समारोह हुने आयोजकले जनाएको छ। तर, स्थान भने तोकिएको छैन।

‘२÷३ ठाउँमा कुरा गरिरहेका छौं। स्थान निश्चित भइसकेको छैन। तर, अवार्ड कार्यक्रम ललितपुरमै हुनेछ,’ एनएनआइपिएका सचिव मण्डेकाजी श्रेष्ठले भने। उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्।

खेल पत्रकार र खेल व्यक्तित्वलाई ३५ हजार र पारा खेलाडीलाई १५ हजार रूपैयाँबाट सम्मान गरिने आयोजकले जनाएको छ। संघका महासचिव शिवसुन्दर गोथेले कार्यक्रम आयोजनाका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्ने बताए। 

प्रकाशित: २२ फाल्गुन २०८० १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App