२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध नेदरल्यान्ड्को तुफानी इनिङ, लेभितको शतक

टि–२० त्रिकोणीय क्रिकेट श्रृंखलाअन्तर्गतको खेलमा आज नेदरल्यान्ड्स र नामिबिया भिडिरहेका छन्।

त्रिवि क्रिकेट मैदान जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सका ब्याटरले तुफानी इनिङ खेलिरहेका छन्।

हालसम्म १७ औं ओभरको खेल सकिदा नेदरल्यान्ड्सका ओपनर माइकल लेभितले शतक र सिब्रन्ड एन्गेल्ब्रेच्टले अर्धशतक प्रहार गरिसकेका छन्। ४९ बलमा शतक पूरा गरेका माइकल ६१ बलमा १३५ रनमा खेलिरहँदा सिब्रन्ड ३५ बलमा ६३ रन बनाएर खेलिरहेका छन्।

दुबै बिचमा १९२ रनको साझेदारी भइसकेको छ। यो सँगै नेदरल्यान्ड्सले एक विकेटको क्षतिमा २०७ रन जोडेको छ।

प्रकाशित: १७ फाल्गुन २०८० १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App