२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यु-१६ महिला च्याम्पियनसिप एन्फा कम्प्लेक्समा हुने

साफ यु-१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ।

फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहले बताए। उनले प्रतियोगिताको सम्पूर्ण युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ ३ सय रुपैयाँ कायम गरिएको पनि प्रवक्ता साहले बताए। प्रतियोगिताका लागि नेपालसहित भारत, बंगलादेश, भूटानको टिम नेपाल आइसकेको छ। सहभागी टोलीले च्यासलर  सातदोबाटोमा अभ्यास गर्नेछन्। प्रतियोगिताका लागि २ करोड १२ लाख २० हजार ९ सय बजेट अनुमान गरिएको पनि प्रवक्ता साहले बताए।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भूटान गरी चार टिम सहभागी रहेका छन्। प्रतियोगितामा उद्घाटन खेल फागुन १८ गते भूटान र भारतबीच हुनेछ। 

प्रकाशित: १६ फाल्गुन २०८० १७:५९ बुधबार

साफ यु-१६ महिला च्याम्पियनसिप अखिल नेपाल फुटबल संघ