२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले हात पारेको छ। आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।

टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर २५३ रन बनायो। २५४ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टिम ४३ दशमलव ५ ओभरमै अलआउट भयो। र, १७४ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाउँदा हग वेइवगनले ४८, ओलिभर पिकले ४६ र ह्यारी डिक्सनले ४२ रन बनाए। भारतका लागि राज लिम्बानीले सर्वाधिक ३ विकेट लिए भने नमन तिवारीले २ तथा सौमी पाण्डे र मुशिर खानले समान १/१ विकेट लिए।

ब्याटिङ्गमा भारतका लागि आदर्श सिंहले सर्वाधिक ४७ रन बनाउँदा मुरुगन अभिषेकले ४२ रन बनाए। अन्य खेलाडीले भने खासै रन बनाउन सकेनन्।

अस्ट्रेलियाका लागि महली वेयर्डम्यान र राफ म्याकमिलनले समान ३/३ विकेट लिदा कलुम विडलरले २ विकेट लिए। यस्तै चार्ली एन्डर्सन र टम स्ट्राकरले समान १/१ लिए।

प्रकाशित: २९ माघ २०८० ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App