१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

अक्षरिका सेमिफाइनलमा

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा अक्षरिकाले कान्जिरोवालाई ५९–२६ ले पराजित गर्‍यो। अक्षरिकाका आर्यन श्रेष्ठले १६ अंक जोडे। सिनियर ब्वाइजमै भ्याली पब्लिकले मोर्डन इन्डियन स्कुललाई ४८–२६ तथा शिक्षालयले द ब्रिटिस स्कुललाई २६–१६ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

भ्याली पब्लिकका सुनील पौडेलले ३३ तथा शिक्षालयका प्रिन्स थापामगरले १२ अंक जोडे। सिनियर गर्ल्समा बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) ले निस्टलाई २७–२१, शिक्षालयले न्यु स्टार पोललाई ५–४ र नेमोनिकले मनाङ्कलाई २५–२४ ले पाखा लगाए।

बिआइएसकी डिकी शेर्पाले १२, शिक्षालयकी जस्मिना थापामगरले ३ र नेमोरिककी सुजाता चौलागाईंले ८ स्कोर गरे। प्रतियोगिताअन्तर्गत शनिबार खेल हुने छैन। आइतबार मिक्स जुनियरको मात्र प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रकाशित: २० माघ २०८० ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App