१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

हिसान क्रिकेटको उपाधिका लागि अरनिको र कान्तिपुर भिड्दै

हिसान स्पोर्टस मिटअन्तर्गत क्रिकेटको फाइनलमा अरनिको र कान्तिपुर कलेज प्रवेश गरेका छन्।

विराटनगरमा आइतबार भएको क्रिकेट खेलमा अरनिकोले भानु कलेजलाई र कान्तिपुरले अर्किड कलेजलाई हराउँदै उपाधि नजिक पुगेका हुन्।

अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको विशाल स्कोरले हराउँदै फाइनलमा पुगेको छ। टस जिती ब्याटिङ थालेको अरनिकोले २० ओभर पूरै खेल्दै ३ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। नुर अहमदले ६२, सागर मोचीले ५७ रन बनाए। भानुका सुवास राय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए।

१ सय ६५ रनको विजयी लक्ष्य पाएको भानुले १३ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमै समेटियो। महमद जावेदले १४ रन मात्रै जोडे। अरनिकोका म्यान अफ द म्याच अमर यादवले ६ विकेट लिए।

अर्को खेलमा साबिक विजेता कान्तिपुरले अर्किड कलेजलाई ३० रनले हराउँदै फाइनलमा पुग्यो। टस जितेर ब्याटिङ गरेको कान्तिपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो। निशान्त यादवले ४३ र कृतिक कामतले ४१ रन बनाए। अर्किडका सवाजुल आलम र युवराज मगरले समान १–१ विकेट लिए।

१ सय २३ रनको चुनौती पाएको अर्किडले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९२ रन बनायो। साहिल शेखले २६ र सम्साद आलमले २१ रन जोडे। कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामतले  ३, मनिष मण्डल, महमद समेहेल र राज बर्माले समान २–२ विकेट लिए।

त्यस्तै, फुटबल खेलतर्फ अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० गोलमा हराउँदै सेमिफाइनलमा प्रवेश पुगेको छ। एक मात्र गोल अर्किडका सागर विश्वकर्माले गर । खेलमा म्यान अफ द म्याच मोडर्न एराका नवीन माझी भए। अर्को खेलमा कान्तिपुर कलेजले नेशनल एकेडेमीलाई ५–० को गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ। कान्तिपुरका म्यान अफ द म्याच  विजय उरावले २, युनिस मगर, आदित्य राना मगर र आयुस राईले १–१ गोल गरे।

त्यसैगरी, छात्र भलिबलतर्फ मोडर्न एराले रेडस्टारलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ। म्यान अफ द म्याच मोडर्न एराका पेशल राई भए। अर्को खेलमा कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ। म्यान अफ द म्याच कान्तिपुरका सुदीप राई भए।

छात्रा भलिबलतर्फ कान्तिपुरले ग्यालेक्सी कलेजलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ। बुमेन अफ द म्याच कान्तिपुरकी तुलसा राई भइन्। अर्को खेलमा अर्किड कलेजले रेडस्टारलाई सोझो सेटमा पराजित गरी फाइनलमा पुगेको छ। बुमेन अफ द म्याच अर्किडकी रोशिका बराइली भइन्।

यस्तै, कबड्डीको पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरी सेमिफाइनलमा पुगेको छ। म्यान अफ द म्याच मोडर्न एराका आशिष यादव भए। दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्याभूमि स्कुललाई ४४–२७ को स्कोरले पराजित गरी सेमिफाइनलमा पुगेको छ। म्यान अफ द म्याच सिद्धार्थका निराजन मण्डल भए। तेस्रो खेलमा शिक्षादीप कलेजले बुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गरी सेमिफाइनलमा पुगेको छ। म्यान अफ द म्याच शिक्षादीपका सुवाशचन्द्र यादव भए।

यसैगरी, बास्केटबलतर्फ शिक्षादीपले अरनिको कलेजलाई २४–१८ को स्कोरले पराजित गरी फाइनलमा पुगेको छ। म्यान अफ द म्याच शिक्षादीपका कविस केसी भए। अर्को खेलमा बिकेभिएमले सगरमाथा कलेजलाई ५४–३३ को स्कोरले पराजित गरी फाइनलमा पुगेको छ। म्यान अफ द म्याच बिकेभिएमका जुडानन्द यादव भए।

प्रकाशित: १४ माघ २०८० १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App