आइसिसी टी २० पुरुष विश्वकप अन्तर्गत समूह ‘ए’ को जारी खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो। नामिबियाको लागि जान निकोल लोफ्टी-इटनले सर्वाधिक ४२ रन बनाए। उनले ३८ बलमा २ छक्का र १ चौका प्रहार गरेका हुन्।
नेदरल्यान्ड्सको लागि बास डे लीडेले २ विकेट लिएका थिए। अहिले जवाफी ब्याटिङ नेदरल्यान्ड्सल दुई विकेट गुमाएर खेलिरहेको छ।
प्रकाशित: २७ माघ २०८२ १३:३२ मंगलबार





