रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मुत्यु हुनेहरुमा ४ जना पुरुष र २ जना महिला रहेका छन्। दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ। उद्धारको लागि गोताखोर परिचालन गरिएको छ। उद्धार गरिएका घाइतेलाई रामेछापका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीका नायब उपरिक्षक भोला भट्टराईले जानकारी दिए।
प्रकाशित: २७ माघ २०८२ १३:१९ मंगलबार





