१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः आज पनि तीन खेल हुँदै

तस्बिरः नेपाल क्रिकेट संघ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पनि तीनवटा खेल हुँदैछन्। 

आजको पहिलो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुने छ।

आजै हुने अर्को खेलमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने यो खेल बिहान ९: १५ बजे सुरु हुने छ। यस्तै काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने छ। यो खेल पनि बिहान ९: १५ बजे नै सुरु हुने छ।

हालसम्म एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ। एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ। यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा छ भने  सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन्। दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन्। 

प्रकाशित: २ माघ २०८० ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App