२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

पोखरा क्रिकेट मैदान। तस्बिरः नागरिक

अर्को महिना मलेसियामा हुने महिला क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेको छ। टोली सोमबार पोखरा आईपुगेको हो। मंगलबारबाट टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गर्नेछ।

आगामी फेब्रुअरी ८ देखि १९ सम्म मलेसियामा एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आयोजना हुदैं छ। त्यसको लागि पोखरामा बन्द प्रशिक्षण गर्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए। एसिसीको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको तयारी गर्न नेपाल क्रिकेट संघले आवश्यक सहयोग गर्न प्रदेश संघलाई परिपत्र गरेको छ। संघका अनुसार माघ २ गतेदेखि बन्द प्रशिक्षण शुरु हुने छ। ‘टोली जनवरीको महिनासम्म पोखरामै प्रशिक्षणमा रहने छ,’ अध्यक्ष सिग्देलको भनाई छ।  

महिला राष्ट्रिय क्रिकेट टोली पोखरामा बन्द प्रशिक्षणको लागि यस अघि पनि आएको थियो। पोखरामा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०७६ मंसिर १५ देखि २४ सम्म आयोजना हुदाँ महिला क्रिकेट टोलीले पोखरामै बन्द प्रशिक्षण गरेको थियो। राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा गण्डकी प्रदेशबाट ज्योत्स्निका मरासिनी समावेश छन्।  

प्रकाशित: १ माघ २०८० १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App