२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

फुल कनट्याक्ट कराँतेमा प्रतिस्पर्धा गर्दै। तस्बिर : फाइल

पोखराकै पुरानो सांस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुँदैछ।

माघ १ गते माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघुमा आयोजना हुने सांस्कृतिक मेलामा कास्की जिल्ला क्योकुशिन कान कराँते संघले वर्षेनी फुलकन्ट्याक्ट कराँते प्रतियोगितालाई निरन्तरता दिएको छ।

प्रतियोगिता यही पुस २९ गते पोखरा रंगशालामा सुरु हुनेछ। फाइनल प्रतिस्पर्धा ढुंगेसाँघुको मेलामा समापन हुनेछ। प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ पाँच वटा तौल समूहमा प्रतिस्पर्धा गराइने कास्की जिल्ला क्योकुशिन कान कराँते संघका अध्यक्ष लक्ष्मण कुँवरले जानकारी दिए। 

उनका अनुसार पुरुष तर्फ ४० केजी मुनि, ४५ मुनि, ५० मुनि, ५५ मुनि, ६० मुनि र ६० केजी माथिको खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। त्यस्तै महिला तर्फ ४०, ४५, ५०, ५५ मुनि र ५५ केजी माथिको खुल्ला तौल समूहमा उपाधि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम बाहेकका प्रदेशहरुका खेलाडीले पोखरा रंगशाला र ढुँगेसाँघुको कराँते एरिनामा भिड्ने छन्। पुस २९ गते पोखरा रंगशालामा सेमिफाइनलसम्मको प्रतिस्पर्धा गराइने छ। 

तौल समूहमा झण्डै एक सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संघले जनाएको छ। विजेतालाई ट्रफी तथा पदक प्रदान गरिनेछ। प्रतियोगितालाई पोखरा महानगरपालिका, विभिन्न विद्यालय, विदेशमा रहेका क्योकुशिन कान कराँतेका पूर्व राष्ट्रिय खेलाडीहरुले आर्थिक सहयोग जुटाएका छन्। मेलामा हुने प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसहित खेलाडीहरुको प्रदर्शन समेत हुनेछ।

प्रकाशित: २४ पुस २०८० ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App