२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनाएको छ।

कोलकोत्ताको इडन गार्डेनमा दिउँसो २ः१५ बजे देखि सुरु भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ दशमलब ४ ओभरमा २१२ रन बनाउँदा सबै विकेट गुमाएको हो।

दक्षिण अफ्रिाका लागि सबै भन्दा वढि डेविड मिलर १०१ रन बनाए । उनले ११६ बलमा  ८ चौका र  ५ छक्का सहित १०१ रन बनाएका हुन। त्यसैगरी  हाइनरिक क्लासनले ४७ रन , जेराल्ड कट्ज़ीले १९ रन तथा कगिसो रबाडा  १० रन बाहेका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । दक्षिण अफ्रिकाका दुई जना ० रनमा आउट भए।क्विंटन डिकॉकलाई ३ रनमा,रासी वान दर दुसें ६ रनमा आउट भए।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क  र पैट कमिंसले तीन तीन  विकेट तथा जॉश हेज़लवुड रट्रैविस हेडले दुई दुई विकेट लिए।

दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ मा जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

यस्तै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ। उसले पनि जारी प्रतियोगितामा ९ मध्ये ७ मा जित हात पारेको छ।

पछिल्लो इतिहास हेर्दा दुवै टिम एकदिवसीय खेलमा १ सय ९ पटक भिडेका छन्। जसमा साउथ अफ्रिकाले ५५ खेल जितेको छ भने अष्ट्रेलिया ५० खेलमा विजयी बनेको छ। तीन खेल बराबरी र एक खेल नतिजाविहीन छ।

दक्षिण अफ्रिकाले हालसम्म विश्वकप क्रिकेटको उपाधि जितेको छैन। त्यसकारण उसको लागि आजको खेलमा जित हात पार्दै विश्वकप जित्ने राम्रो मौका पनि हो। जबकी अस्ट्रेलिया पनि आजको खेलमा जित हात पार्दै विश्वकपको उपाधिका लागि स्थान सुरक्षित गर्न चाहन्छ।  

आजको खेलमा जित्ने टोलीले उपाधिका लागि फाइनलमा भारतसँग खेल्ने छ। भारतले पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित: ३० कार्तिक २०८० १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App