२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बोरिस र ऋतिक सेमिफाइनलमा

बोरिस अधिकारी र ऋतिक राणा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार बोरिसले युगेन शेर्पालाई ६–३ र ६–४ तथा ऋतिकले आयुष्मान घलेलाई ६–१ र ६–४ को सेटमा पराजित गरे । पुरुष सिंगल्समा नै प्रदीप खड्का र निशान श्रेष्ठ पनि विजयी भए । प्रदीपले निहालजंगबहादुर थापालाई ६–१, ६–७ र ६–३, निशानले आशिष खड्कालाई ६–०, ५–७ र ७–५ ले हराएका छन्।

महिला सिंगल्समा रायना शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–१, गंगा शर्माले दिभ्ना कार्कीलाई ६–० र ६–० तथा आद्या पौडेलले समृद्धि महर्जनलाई ६–३ र ६–१ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रवेश पन्त, साम्दुप लामा, सिमान्त गुरुङ, सन्तोष खत्री, भीमबहादुर थापा मगर, अनिल साइ, जितेन्द्र परियार र कमलबहादुर भण्डारी क्वार्टरफाइनलमा पुगे। 

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, विमलकुमार गुरुङ, मानबहादुर कटुवाल र महेश श्रेष्ठले क्वार्टरफाइनल यात्रा तय गरे। ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, सुशील पाण्डे, कमल थापा र जीवन घिमिरेले सेमिफाइनलमा स्थान पक्का गरे।

प्रकाशित: २१ कार्तिक २०८० ०१:२८ मंगलबार

बोरिस अधिकारी ऋतिक राणा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता पुरुष सिंगल्स सेमिफाइनल