९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

अन्तर्राष्ट्रिय सेमिनारको उद्‌घाटन गर्न लुम्बिनी पुगे प्रधानमन्त्री

‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्‌घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज यहाँ प्रधानमन्त्री ओलीलाई स्वागत गरे। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्न चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय हो भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ। नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो। चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन्।

संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन्। महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी हुने जनाइएको छ। महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता हुने बताइएको छ। रासस

प्रकाशित: १३ वैशाख २०८२ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App