१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र युएई खेल्दै

नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।

नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।  

नेपाल र युएईबीचको खेल दिउँसो १ बजेबाट सुरु हुने छ ।  

घरेलु मैदानमा हुने ट्वान्टी–२० शृङ्खलामा भने सन्दीप लामिछाने हुने छैनन्। आफ्ना महत्त्वपूर्ण बलर सन्दीपबिना नै नेपालले यो शृङ्खला खेल्न लागेको हो ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ।  

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन्।

प्रकाशित: १ कार्तिक २०८० ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App