२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलङ्का खेल्दै

एसिया कप क्रिकेट अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ।

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुने आजको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ। खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ।  

एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १÷१ खेलमा जित हात पारेका छन्।

सुपर फोरमा दुवै टोलीले बङ्गलादेशलाई हराएका थिए भने, दुवै टोली भारतसँग पराजित भएका थिए।  

भारत भने एक खेल अगावै फाइनलमा पुगिसकेको छ।

आजको खेल यदि वर्षाका कारण रद्द भयो भने श्रीलङ्का रनरेटको आधारमा फाइनल पुग्नेछ।  

एसिया कपको फाइनल खेल आईतवार हुनेछ।

प्रकाशित: २८ भाद्र २०८० ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App