३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ओलम्पिक दिवस विविध कार्यक्रम गरी मनाईयो

ओलम्पिक दिवसका अवरमा आज लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा विविध कार्यक्रम आयोजना गरियो।

बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। सो अवसरमा नेपालबाट विभिन्न संस्करणको ओलम्पिकमा सहभागिता जनाएका ओलम्पियनलाई सम्मान पनि गरिएको थियो।

त्यसअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा झण्डोतोलन गरेका थिए भने उपाध्यक्ष ज्योति राणाले ओलम्पिक झण्डा झण्डोतोलन गरेकी थिइन्।

त्यसअघि ओलम्पिक दिवसकै अवसरमा एनओसीको तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसन, एनओसीको सक्रियतामा देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको थियो। कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवस सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए।

प्रकाशित: ८ असार २०८० १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App