२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित, आइतबार जिम्बावे जाने

फाइल तस्बिर।

नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेदरल्यान्ड्ससँग पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो।

नेपालले जितका लागि दिएको १५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्न सफल भयो। नेदरल्यान्ड्सका लागि बारेसीले ६३ रनको अर्धशतकीय इनिङ खेले।  

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा अलआउट हुँदै १५६ रनमा समेटिएको थियो।

योसँगै आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा भएको दुवै अभ्यास खेलमा नेपाल जितविहीन बन्यो। नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। नेपाल आइतबार जिम्बावे जानेछ।

विश्वकप छनोट हुने जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो भएकै कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो।

प्रकाशित: २७ जेष्ठ २०८० १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App