जेन जी आन्दोलनको समयमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका घर भएका २७ वर्षीय अमृत मगर छन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार उनलाई जिल्लास्थित एक जलविद्युत परियोजनामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी प्रमुख गौतमका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट १८ बर्षको कैद सजाय तोकिएको उनले केन्द्रीय कारागारमा १८ महिना कैद सजाय भुक्तान गरिसकेका छन् । उनी जेन जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए ।
प्रकाशित: २४ पुस २०८२ १६:४२ बिहीबार





