३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मार्को रुबियो भन्छन्: तनावका बाबजुद अमेरिका–युरोप ‘सँगै’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली नेताहरूलाई आश्वस्त पार्दै अमेरिका ट्रान्सअटलान्टिक गठबन्धनबाट अलग हुने कुनै योजना नरहेको बताएका छन्। उनले अमेरिका र युरोपबीचको सम्बन्ध ऐतिहासिक र दीर्घकालीन रहेको उल्लेख गर्दै दुवै पक्षको भाग्य सधैं जोडिएको रहने बताए।

म्युनिख सुरक्षा सम्मेलनमा सम्बोधन गर्दै उनले भने, ‘हामी अलग हुने प्रयासमा छैनौँ, बरु पुरानो मित्रतालाई पुनर्जीवित गर्न चाहन्छौँ। मानव इतिहासकै महान सभ्यतालाई थप सुदृढ बनाउने हाम्रो उद्देश्य हो।’

रुबियोले युरोपका आप्रवासन, व्यापार तथा जलवायु नीतिहरूको आलोचना पनि गरे। तर उनको भाषण गत वर्ष यही सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले दिएको कडा अभिव्यक्तिभन्दा फरक देखिएको थियो।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेन ले रुबियोको भनाइबाट आफू ‘निकै आश्वस्त’ भएको प्रतिक्रिया दिएकी छन्।

रुबियोले ट्रान्सअटलान्टिक साझेदारी अन्त्य गर्नु ‘न त हाम्रो लक्ष्य हो, न हाम्रो चाहना’ भएको स्पष्ट पार्दै भने, ‘हाम्रो घर पश्चिमी गोलार्दमा भए पनि हामी सधैं युरोपकै सन्तान हौँ।’ एजेन्सी

प्रकाशित: ३ फाल्गुन २०८२ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App