११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

पृथ्वी जयन्ती मनाउँदै सेनाको पैदलयात्रा

नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।  

जस अनुसार उदयपुरस्थित सेनाको पशुपतीप्रसाद गण बोक्सेले विगत २ वर्षयता ऐतिहासिक स्थलहरु जोड्ने पैदल यात्रा गर्दै आएको छ । विगतवर्षकै निरन्तरतास्वरुप यसवर्ष पनि सेनाले जिल्लाका महत्वपूर्ण दुई स्थानहरु उदयपुरगढी र चौदण्डीगढी जोड्ने पैदलयात्रा थालेको छ ।  

मध्यवर्ती स्थानीयतह उदयपुरगढी गाउँपालिका मुकामस्थित पुरानो गढीदेखि सुरु यात्रा पूर्वी भेगको चौदण्डीगढी नगरपालिका १ स्थित चौदण्डीगढी दरवारसम्म पुग्ने यात्रा संयोजक पशुपतिप्रसाद गणले जनाएको छ । सेनाले उदयपुरगढी र रौतामाई गाउँपालिका तथा त्रियुगा र चौदण्डीगढी नगरको संयुक्त आयोजनामा ‘उदयपुरगढी–चौदण्डीगढी पदयात्रा’ थालेको हो ।  

बुधबार उदयपुरगढीको पुरानोगढीमा सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले उद्घाटन गरेको यात्रा आगामी २७ गतेसम्म चल्नेछ । उदयपुरगढी ५ बाट सुरु पैदलयात्रा ४, ३ हुँदै छिमेकी रौतामाई गाउँपालिकाका विभिन्न वडा, त्रियुगा नगरपालिकाको १४ साउने तथा चौदण्डीगढी नगपरालिका ८ सिद्धिपुर हुँदै १ नं.को चौदण्डीगढी दरवार पुगेर समाप्त हुने गणले जनाएको छ ।  

८५ किलोमिटर लामो गन्तव्य तय गरिएको यात्राको क्रममा यात्री टोलीले स्थानीयबासीसँग समसामियक विषयमा छलफल, भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ । साथै यात्रामा भेटिने स्थानीय विद्यालयहरुका छात्रछात्राहरुबीच हाजिरीजवाफ, वक्तिृत्वकला, कविता तथा निवन्ध लेखन प्रतियोगिताजस्ता गतिनिधिहरु गर्ने कार्यतालिका छ । 

प्रकाशित: २४ पुस २०८२ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App