१५ चैत्र २०८० बिहीबार
खेल

ए डिभिजन लिग : खुमलटारले एपीएफलाई हरायो

राजधानीमा जारी  शहिद स्मारक  ए डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले ससस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ।

ललितपुरको च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपीएफ क्लबलाई ३-१ गोलले हराएको हो।

खुमलटारलाई जिताउन  मेसुके ओलुमोउले दुई तथा  स्टेफेन बिनोङले एक गोल गरेका हुन।

जितसँगै खुमलटार २५ खेलमा २७ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ।एपीएफ २५ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।

प्रकाशित: २३ जेष्ठ २०८० १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App