१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई भत्ता दिने

क्याप्शन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन्। पोखरामा नेपाल ओलम्पियन संघको आयोाजनामा भएको ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मासिक भत्ता उपलब्ध गराउने उदघोष गरेका हुन्।  

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सात ओलम्पियनलाई नगद ५ हजार रुपैयाँ मासिक भत्ता दिने उदघोष गरेका हुन्। भत्ता दिने घोषणा गर्ने गण्डकी प्रदेश सरकार पहिलो हो। नेपालले ओलम्पिकमा १९६४ जापानदेखि सहभागिता जनाउँदै आएको हो। ५६ वर्षको इतिहासमा ९० जना खेलाडीले ओलम्पियकमा सहभागिता जनाईसकेका छन्। सहभागिता मध्ये अधिकांश खेलाडी एथलेटिक्सका छन्। तथ्यांक अनुसार एथलेटिक्सका मात्रै ३१ जना ओलम्पियन छन्।  

टिका बोगटी (एथलेटिक्स १९८८ कोरिया, १९९६ एटलान्टा), ज्ञानबहादुर बोहोरा(एथलेटिक्स,२००० सिड्नी), राजेन्द्र्र भण्डारी(एथलेटिक्स, २००४ एथेन्स ग्रिस), ऋषि प्रधान (जुडो, १९८८ कोरिया), भगवती केसी(सुटिङ, २००० सिड्नी), सिताराम शाही (स्वीमिङ, १९९६ एटलान्टा) र नारायण गुरुङ( तेक्वान्दो,१९९२ स्पेन) गण्डकी प्रदेशका ओलम्पियनहरु हुन्।  

प्रदेश सरकारले आज आईतबार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ। नीति तथा कार्यक्रम अनुसार नै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याउने छ। प्रदेश सरकारले ओलम्पियनलाई भत्ता दिने उदघोष गरेपनि कार्यविधी भने तयार भईसकेको छैन्।  

प्रकाशित: २१ जेष्ठ २०८० ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App