२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

देशभर उत्साहजनक मतदान, १२ बजेसम्म १८ प्रतिशत मत खस्यो

निर्वाचन आयोगका अनुसार दिउँसो १२ः०० बजेसम्म देशभर कुल ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान

कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरी मतदान गराइएको छ।

रोल्पामा मध्यान्हसम्म २५ प्रतिशत मतदान

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिएका छन्।

मुस्ताङमा १२ बजेसम्म ४२.८४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ जिल्लामा मध्यान्ह १२ बजेसम्म ४२ दशमलव ८४ प्रतिशत मतदान भएको छ।

चुनाव बिथोल्ने गरी भ्रामक अफवाह नफैलाउन प्रहरीको आग्रह

विभिन्न सामाजिक सञ्जालमा पुराना भिडियो सामग्री र सुरक्षा अभ्यासका भिडियोलाई तोडमोड गरी मतदान बिथोल्ने प्रयास भन्दै खबर सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसो नगर्न सबैलाई सचेत गराएको हो।

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन्।

नयाँ-पुरानो होइन सही-गलत छुट्याऔं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यसपटकको निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउने स्थिति नरहेको बताएका छन्।

सर्लाहीमा ५ घण्टामा खस्यो ४२ हजार मत

दिउँसो १२ बजेसम्मको तथ्यांकअनुसार जिल्लाभर कुल ४२ हजार १ सय ६३ जनाले आफ्नो मताधिकार प्रयोग गरेका सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए।

मोरङमा १६ प्रतिशत मत खस्यो

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार साढे ११ बजेसम्म १ लाख २६ हजार ५ सय ९५ मत खसेको हो।

‘भाँडाकुँडा दियौँ तर मत दिँदैनौँ’

मतदान गराउनका लागि निर्वाचन टोली तथा सुरक्षाकर्मीको दुई फरक-फरक टोली जिल्लास्थित बबई १ र बबई ७ को मतदान केन्द्रमा पुगे।

देशभर १० प्रतिशत मत खस्यो

बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८ सय २४ जना अर्थात १० दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

‘संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्