१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन

खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ।

इटहरीमा ओलम्पियन्स पुनर्मिलन हुने

कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ हुने भएको छ।

दीपक विष्ट टर्की प्रस्थान

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्टानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।

गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई भत्ता दिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन्। पोखरामा नेपाल ओलम्पियन संघको आयोाजनामा भएको ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले मासिक भत्ता उपलब्ध गराउने उदघोष गरेका हुन्।

सदस्यसचिवमा विष्ट, महर्जन र घिसिङ दाबेदार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुने प्रावधान छ। यद्यपि, राजनीनिक आस्थाका आधारमै सदस्यसचिव नियुक्ति हुने गरेका छन्।

बक्सिङमा नेपाललाई तीन कास्य

नेपालले युनाइटेड अरब इमिरेटस् (युएई)मा जारी एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेका छन्। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्।

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता : समेटिएनन् ओलम्पियन जन्माउने खेलहरु

खेलकुद जगतमा कीर्तिमानी खेलाडी दीपक बिष्टलगायत पाँच जना ओलम्पियन सुदूरपश्चिमले जन्माएको छ। राज्यबाट पर्याप्त सुविधा नभएर पनि आफ्नै लगानीमा तेक्वान्दोबाट बिष्ट र निशा रावल ओलम्पियनसम्म पुगे। यसैगरी बिष्णुबहादुर सिंह र डम्मरदत्त भट्टलाई सुदूरपश्चिमले बक्सिङ खेलबाट ओलम्पियन जन्मायो भने भारत्तोलनमा स्वर्गीय भरत साउँद ओलम्पियन बने।

ओलम्पियनलाई आजीवन मासिक भत्ता

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ।

पिपल्स च्वाइस विधामा दुई ओलम्पियन

कान्छी ओलम्पियनको रूपमा विश्व कीर्तिमान बनाएकी पौडीबाज गौरिका सिंह पल्सर स्पोर्ट्स अवार्डअर्न्तगत पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन्।

ओलम्पियनको आत्मकथा

काठमाडौं- भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन मिनि कर्बड हलमा विमोचन गरिएको छ। ओलम्पिक खेलाडीहरु जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले उक्त आत्मकथाको विमोचन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्