७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिग : चर्च व्वाईजद्धारा एपीएफ ४- १ पराजित

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चर्च व्वाईज युनाईटेडले ससस्त्र प्रहरी बलको  एपीएफलाई हराएको छ।  

आज साँझ काठमाडौको दशरथरंगशालमा भएको खेलमा चर्च व्वाईज युनाईटेडले   एपीएफलाई ४ -१  गोलले पराजित गरेको हो । चर्च ब्वाइजको जितमा अनन्त तामाङले दुई तथा मौषम सुब्बा र आशिष चौधरीले एक एक गरेका हुन।एपीएफका आवाश लामिछानेले एक गोल गरेका हुन।  

जित पछि चर्च व्वाईज २३ खेलबाट ४१ अंक सहित पहिलो स्थानमा रहेको छ।त्यसैगरी पराजित एपीएफले २३ खेलबाट २९ अंक जोडेको छ। 

प्रकाशित: १६ जेष्ठ २०८० १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App