२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उमा कुङ्फु खेलाडीको ग्रेडिङ

तारकेश्वर उमा कुङ्फु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तारकेश्वर उमा कुङ्फु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले  जनाएका छन्।

सहभागीमध्ये ८ जनाले ब्ल्याकबेल्ट प्राप्त गरे। साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङ्मा तामाङ र एलिना तामाङ ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भए। सहभागीलाई नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले ग्रेडिङ सञ्चालन गरेका थिए।

ग्रेडिङको तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे। नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, तारकेश्वर उमा कुङ्फु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङ्फु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एकदिने ग्रेडिङका सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फुका खेलाडी कमल मगरलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: १५ जेष्ठ २०८० ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App