२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

प्याब्सन विराट कप: फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल

विराटनगरमा जारी दोस्रो ‘प्याब्सन विराट कप’ फुटबल प्रतियोगिताको फाइनलमा विराटनगरका मदरल्याण्ड एकेडेमी र डनबस्को स्कुल पुगेका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरूमा मदरल्याण्डले सेन्टजोसेफल स्कुललाई २–१ गोलमा र डनबस्कोले अपर्ण स्कुललाई २–१ गोल अन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्। दुवै टोली उपाधिका लागि शुक्रबार खेल्ने छन्। 

प्रतियोगिताको पहिलो खेलमा मदरल्याण्डका रोहन खड्काले १६ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। सेन्टजोसेफ स्कुलका निसद सिटौलाले २१ औँ मिनेटमा गोल गर्दै खेल बराबरी पारे। २८ औँ मिनेटमा सन्दीप अधिकारीले मदरल्याण्डका लागि गोल थपे। म्यान अफ द म्याच सन्दीप अधिकारी भए।

त्यस्तै, दोस्रो खेलमा २८ औँ मिनेटमा डनबस्को स्कुलका प्रशान्त खड्काले गोल गर्दै टोलीका अग्रता दिलाए। ३५ औँ मिनेटमा तनुज राजवंशीले डनबस्कोका लागि गोल थपे। ५४ औँ मिनेटमा अपर्णका लागि सुयोज अर्याललले सान्त्वना गोल फर्काए। म्यान अफ द म्याच डनबस्कोका प्रशान्त खड्का भए।

प्रकाशित: ७ पुस २०७९ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App