२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

शंखरापुर पिकनिक बस दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित जर्सिङपौवा–साँखु सडकखण्डमा बुधबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा पर्दा अन्य २७ जना घाइते भएका छन्।

जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस साँझ सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

नेचर हब कम्पनिका कर्मचारीहरू पिकनिक मनाएर फर्कने क्रममा सो बस दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका छन्।

दुर्घटनामा ११ पुरुष र १६ महिला गरी कुल २७ जना घाइते भएका छन्।

घाइतेहरूको हाल नेपाल अर्थोपेडिक अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेज, स्तुपा अस्पताल, त्रिवि शिक्षण अस्पताल (टिचिङ), मूलपानी नगर अस्पताल, सुस्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर अस्पताल गरी ८ वटा विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रकाशित: २३ पुस २०८२ २१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App