२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

बुल्दी खोलामा महिलाको शव फेला

तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दी खोलामा आज एक महिलाको शव फेला परेको छ। डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको हो।  

पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिए। निजको शव परीक्षणका लागि अस्पातलमा राखिएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

उनले भने, 'शरीरको माथिल्लो भागमा भेन्टा रङको टिसर्ट लगाएको, उक्त टिसर्टको अगाडि सेतो खैरो रङको गुडियाको चित्र भएको, उचाइ पाँच फिट दुई इन्च भएको महिलाको सनाखतको प्रयास भइरहेको छ।'

प्रकाशित: २६ भाद्र २०८२ १७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App