३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राखे।

गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम कस्तो होला भन्ने जिज्ञासा रहिरहेका बेला जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले सहयोग गरेको दृष्टान्त राख्दै सचिव श्रेष्ठले पूर्वानुमानको विश्वसनियताको जगमा पूर्वतयारी र प्रतिकार्यलाई सुदृढ बनाउनुपर्ने बताए।

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले प्राधिकरणले सम्पादन गरिरहेका कार्यहरू, चुनौती एवं मन्त्रालयबाट गरिएका अपेक्षाहरूबारे प्रस्तुतीकरण गरेका थिए।

त्यसक्रममा सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार पारिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’को विमोचन पनि गरे।

प्रकाशित: २६ फाल्गुन २०८२ १९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App