३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा माघी पर्वको रौनक

माघी पर्वको आगनसँगै जिल्लाका थारु समुदायमा घर आगनमा रौनक सुरु भएको छ । माघी आउन एक एक दिन मात्र बाँकी छ । कपिलस्तुको उत्तरी भेगमा बसोबास रहेको थारु समुदाय भने एक साता अघिदेखि नै हर्षोल्लासका साथ माघी मनाउने तयारीमा जुटेका छन ।  

त्यसकालागि थारू समुदायको नयाँ वर्ष २६५० र महान पर्व माघी खिचडीका अवसरमा कपिलवस्तुको ३ पालिकामा नगर स्तरीय र एक दर्जन बढी स्थानमा बडास्तरीय मेला लाग्ने भएको थारु कल्याणकारी सभा कपिलवस्तुले जनाएको छ । थारु समुदायको परम्पपरागत पहिचान, भेषभुषा र संस्कृतिको जर्गेना र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको हो ।  

जिल्लाको बुद्धभूमि नगरपालिका-४ बुढ्ढी तालमा मंगलबारदेखि नै तीन दिने माघी महोत्सव सुरु भई सकेको छ । बाणगंगा नगरपालिकाको २ लखनपारामामा माघ २ देखि ३ दिने माघी महोत्सव सञ्चालन हुनेछ । यस्तै शिवराज नगरपालिको वडा नम्बर १ उमरीमा ३ दिने माघी महोत्सव गरिदैछ ।  

बिजनगरमा समेत माघी मनाउने तयारी गरिएको छ । थारु सांस्कृतिक संरक्षण समितिको समन्वयमा थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिद्वारा पुस २९ गतेदेखि माघ १ सम्म आयोजित महोत्सवमा झुमरा, झर्रा, लाठी नाच र झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।  

थारु समुदायको मौलिक भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्धन महोत्सवमा थारु खानाका परिकार, कला संस्कृति र झाकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष पवन चौधरीले बताए । उनले थारु समुदायको बसोबास रहेको उत्तरी क्षेत्र अलिले पुरै माघीमयर भएको उनले बताए ।  

एक दशक यता माघी पर्व विशेष उत्सवकासाथ मायने गरिएको उनले बताए । यसले थारु समुदायको मौलिक भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्धन गर्ने उनले बताए । सभाका केन्द्रिय सदस्य उमाशंकर चौधरीले एक साता देखि कपिलवस्तुको उत्तरी भेगमा माघीको रौकन छाएको छ ।  

थारु समुदायको सबै भन्दा ठुलो पर्वकारुपमा रहेको माघीले उल्लास थपेको उनले बताए ।  महोत्सवमा थारू पुख्र्यौली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयूर, सजनी बिरहानीलगायतका थारू नृत्य, थारू खानाको परिकार, थारू वेशभूषाको प्रदर्शन, गरिनेछ ।  

माघ महिनामा पर्ने थारू समुदायको माघी पर्वको रौनक अहिले गाउँदेखि शहरसम्म सांस्कृतिक कार्यक्रमले झकमक्क हुने गरेको पाइन्छ ।

 

प्रकाशित: ३० पुस २०८२ १९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App