धनुषामा बुधबारदेखि हराइरहेका बालक मृत भेटिएका छन्।
सबैला नगरपालिका-१० खरियानीका ७ वर्षीय सचिन कापर पोखरीमा मृत भेटिएका हुन्। खोजी गर्ने क्रममा उनी बिहीबार बिहान घर नजिकैको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
सचिन बुधबार बिहानै घरबाट खेल्दै निस्किएका थिए। गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ श्रावण २०८२ १४:१२ बिहीबार





