१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ। 

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो।  

बैठकले यही जेठ ६ गते ९५ वर्षको उमेर निधन हुनुभएका पूर्वन्यायाधीश प्रधानन्यायालयमा हुँदा न्याय तथा कानुन क्षेत्रमा राष्ट्रलाई पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो। 

स्वर्गीय प्रधानले विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भई विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए ।  उनले २०५१ साल पुस ५ गतेसम्म कार्यरत थिए।   

प्रकाशित: ७ जेष्ठ २०८३ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App