३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

जसपा संसदीय दलको नेतामा सरोज यादवलाई निरन्तरता

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव मधेस प्रदेश संसदीय दलको नेता चयन भएका छन्। बिहीबार बसेको बैठकबाट सर्वसम्मत सांसद यादवलाई दलको नेतामा चयन गरेको हो ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको (जसपा) नेपालबीच पार्टी एकीकरण भएपछि बिहीबार बसेको दुई दलको संयुक्त बैठकबाट नेता यादवलाई संसदीय दलको नेता चयन गरेका हुन् ।

नेता यादव यसअघि पनि जसपा नेपालको संसदीय दलको थिए । तर दुई दलको एकीकरण भएपछि लोसपाका नेता जितेन्द्र सोनलले पनि दलको नेतामा दाबी गरेका थिए । बुधबार पनि दलको नेता चयन गर्न बैठक बसेका थिए । तर दुबै दलका नेताले दाबी गरेपछि सहमति हुन् सकेका थिएन ।

लोसपा र जसपाबीच एकीकरण भएपछि मधेस प्रदेशमा २६ सांसदसहित ठूलो दल बनेको छ । दोस्रो नेकपा एमाले रहेको छ । एमालेको २४ र नेपाली कांग्रेसका २२ सांसद रहेको छ ।

अहिले मधेस कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ । सरकारमा सहभागी रहेका सिके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि शुक्रबार मुख्यमन्त्री यादव विश्वासको मत लिँदै छ ।

प्रकाशित: ७ जेष्ठ २०८३ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App