२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

एसएसबीद्वारा झुलाघाट नाकामा आवतजावतमा रोक

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ। जेनजी आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो।  

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे। उनले भने, 'भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ। नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन।'

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ। प्रजिअ पौडेलले भने, 'भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ।'

प्रकाशित: २५ भाद्र २०८२ १८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App